सुने घर आँगन मैदान भै रहेछ कुरा एक कान दुई कान भै रहेछ जसले साहित्य साहित्य हैन भन्थ्यो आज उसैको सम्मान भै रहेछ कहाँ छ आन्दोलनको उपलब्धी व्यर्थै मान्छेको बलिदान भै रहेछ कुकुरलाई घ्यू पच्दैन भन्थे चर्चामा यही उखान भै रहेछ गल्ती नदेख्ने र नसुन्ने गर्छ यो दुनियाँ अन्जान भै रहेछ
समय आएपछि ढुङ्गाले भन्नेछ वाध्य बनाएपछि ढुङ्गाले भन्नेछ आजकाल मन्दिरमा तेरो के काम छ भनेर जिस्काएपछि ढुङ्गाले भन्नेछ कसमे कम कुनै दिन काम लाग्ला मौका पाएपछि ढुङ्गाले भन्नेछ कन्जुस बुढि र चलाख बटुवा थ्यो खिचडि पकाएपछि ढुङ्गाले भन्नेछ त पागल होस् भनेर बदलामा गजल सुनाएपछि ढुङ्गाले भन्नेछ
क्रान्ति गर्छु भनेर गएथ्यो एकदिन मर्छु भनेर गएथ्यो हेर्नु दुःखको सागरबाट तार्छु र तर्छु भनेर गएथ्यो अँध्यारोमा बाँचेको धेरै भयो उज्यालो छर्छु भनेर गएथ्यो तिम्रो सपना पुरा गर्नुछ एक्लै लड्छु भनेर गएथ्यो फर्केन छोरो आजसम्म नजिक पर्छु भनेर गएथ्यो
साहित्यकार भनाउँदा हामीहरु इतिहास बनाउँदा हामीहरु सरकार र समाजले पाखा लाउँछ कलम समाउँदा हामीहरु पाठकले त्यो बेला के सोच्ला मानौँ हराउँदा हामीहरु पुग्छ केही पनि चाहिँदैन लेखेर रमाउँदा हामीहरु अन्याय सहन्नौं लेख्न छोड्दैनौ डराउन्नौं डराउँदा हामीहरु
अरुको आडमा उफ्री रहेछौं तछाड मछाडमा उफ्री रहेछौं बन्छौ कसरी स्वाभिमानी कसैको ढाडमा उफ्री रहेछौं जिन्दगी के हो जान्दा जान्दै किन कवाडमा उफ्री रहेछौं तराई कस्तो छ आएर हेर त्यसै पहाडमा उफ्री रहेछौं देशको माया छ नशा भन्छौ हाड हाडमा उफ्री रहेछौं
जितेर आउनु बहिनीले भन्थी नत्र नआउनु बहिनीले भन्थी यो देशले तिम्रो रगत मागेमा रगत बगाउनु बहिनीले भन्थी आई लाग्ने माथि जाइ लाग्नु र छप्काउनु बहिनीले भन्थी युद्धको दुश्मन मित्र हुँदैन भनेर कराउनु बहिनीले भन्थी वीरका छोरा हौ वीर नेपाली वीरता देखाउनु बहिनीले भन्थी
बसाई सरेर बहुत रुलायौ आँखा तरेर बहुत रुलायौ भनेको भए म रोइदिन्थे अभिनय गरेर बहुत रुलायौ आकाशका तारा झार भन्दै शरण परेर बहुत रुलायौ मदिरा देखाएर तड्पाउँदै भट्टीमा लगेर बहुत रुलायौ लोग्ने मानिसले रुनु हुदैँन यस्तै भनेर बहुत रुलायौ
छेउमा टुकी र कलम थियो एउटा दुखी र कलम थियो प्राण बचाउन लेखेको होला ढुकढुकी र कलम थियो चन्द्रमा जिस्काउन ऊ सँग चन्द्रमुखी र कलम थियो सागरको बारेमा लेख्छु भन्दै एक थुकी र कलम थियो बरु उसले मलाई देखिन नजिक पुगी र कलम थियो
मलाई देखेर रुन्छ म भन्नै सक्दैन के-के लेखेर रुन्छ म भन्नै सक्दैन त जा यहाँ रुनु हँदैन भन्छु किन फर्केर रुन्छ म भन्नै सक्दैन ऊ गएकी यही ठाउँ हो भन्दै त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन कुनै-कुनै बेला कुन्नि के हुन्छ बाटो छेकेर रुन्छ म भन्नै सक्दैन अरु सामान्य भए वास्ता गर्दैनथेँ मुटु बेचेर रुन्छ म भन्नै सक्दैन
अदभुत नआउन सक्छ देवदुत नआउन सक्छ आउला मेलम्ची आउला तर विद्युत नआउन सक्छ सारा देश टुकि्र सक्यो एकजुट नआउन सक्छ कसरी मेरो बयान लियौ त्यस्तो सबुत नआउन सक्छ कलियुगमा समुन्द्र मथेँ कालकुट नआउन सक्छ
अब भार थेग्न सकिन्न यस्तो विजोग देख्न सकिन्न आकाशमा बस मान्छेहरु धर्तीमा खुट्टा टेक्न सकिन्न चाल्नोमा पानी अडाए जस्तै हातले सूर्य छेक्न सकिन्न दुःखको पनि सीमा हुन्छ मात्र दुःख खेप्न सकिन्न साहित्य राजनीति हो भने एकदिन गजल लेख्न सकिन्न
युवा पुस्ता लाज मान कुरा बुझ्दा लाज मान छिमेकीले सिध्याई सके चुस्दा चुस्दा लाज मान चोरलाई रोक्न सकेनछौ घरमा घुस्दा लाज मान तिम्ले गरेको तिम्रो शिकार आएर लुछ्दा लाज मान नेपाली भनि धाक मार्छौ अनि सुस्ता लाज मान
बुढापाकाले भन्ने गर्थे मेरा काकाले भन्ने गर्थे मान्छेको जीन्दगी खरानी रै'छ मलामी गा'काले भन्ने गर्थे पिउनुको मज्जा अर्कै हुन्छ पिएर आ'काले भन्ने गर्थे थोरै चोर्नु नि चोर्नु हो चोर डाँकाले भन्ने गर्थे माया गर्छु म तिमीलाई तिम्रा आँखाले भन्ने गर्थे